jQuery(document).ready(function($){ //
});

 दमक , २४ साउन । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ । 

आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम व्यवस्थापकसहित ४५ सदस्यीय टोलीले यही साउन २६ गतेदेखि कम्तीमा दुई साता पोखरामा प्रशिक्षण गर्ने अखिल नेपाल फुटबल सङ्घ ( एन्फा) ले जनाएको छ  ।

RAWA Hills Town Property

RAWA Hills Town Property

राष्ट्रिय टोलीले मुख्य गरी पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा अभ्यास गर्ने छ । 

यसबाहेक नेपाली सेनाको विजयपुर बाहिनीअन्तर्गतको खेलमैदान, सशस्त्र प्रहरीको खेल मैदान र सहारा क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सहारा एकेडेमीको मैदानमा समेत अभ्यास गर्ने योजना रहेको बताइएको छ ।

राष्ट्रिय टोली पोखरामा अभ्यासका लागि आउने भएपछि एन्फाका महासचिव इन्द्रमान तुलाधरगायतको टोलीले शनिवार पोखरा रङ्गशालाको निरीक्षण समेत गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय