
दमक , २४ साउन । दमक नगरपालिका नगर खोप समन्वय समितिको निर्णय अनुसार मिति २०७८।४।२४ गते का दिन कोभीड १९ बिरुद्धको जोनसोन एण्ड जोनसोन खोप केन्द्र इलाका प्रहरी कार्यालय दमकको परिसरमा लगाउने भनिएको खोप स्थगन गरीएको छ र श्रावण २६ गते मंगलबार बिहान १० बजे पशुपती मन्दिर दमक ६ मा सम्बन्धीत संस्थाको सिफारीस र परिचय पत्रको आधारमा मात्र खोप लगाईने व्यहोरा नगरपालिकाले जानकारीको लागि अनुरोध गरेको छ ।