
दमक , २४ साउन ।
पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १२ हजार ३७८ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप २ हजार २९ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४८५ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ५५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ९३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।