jQuery(document).ready(function($){ //
});

दमक , २४ साउन ।  लियोनल मेसीले आइतबार बार्सिलोना र क्लबका समर्थकसँग औपचारिक रुपमा बिदा लिएका छन् । बार्सिलोना आयोजना गरेको बिदाइ कार्यक्रम मार्फत् उनले बिदा लिएका हुन् ।

बार्सिलोनाबाट २१ वर्षपछि विदा भएका मेसीले पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिँदै बिदाइ कार्यक्रममा मेसी भक्कानिए । उनले बार्सिलोनाबाट आफूले कसरी विदा भन्नु पर्छ कहिल्यै नसोचेको बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए। उनले आफ्नो कुरा सके पछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए।

सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए। कार्यक्रममा दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए।

सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) का लागि बार्सिलोनाबाट ब्राजिलियन फरवार्ड नेयमारलाई किनेको पीएसजी फ्रान्सको रिपोर्टअनुसार मेसीसँग उसले करार गर्न चाहेको बुझिएको छ ।

मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय