
दमक , २५ साउन । जंगलमा निगुरो टिप्ने गएकी एक बालिकाकाई उनकै आफन्त पर्ने दुई बालकद्धारा जबरजस्ती बलात्कार गराई आफुपनि बलात्कार गरी फरार भएका मुख्य अभियुक्त होम तामाङ पक्राउ परेका छन ।
जबरजस्ती करणी मुद्दामा फरार मुख्य अभियुक्त होमलाई ११ महिना पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त रूपमा खटिएको टोलीले चितवनको राप्ती नगरपालिका वडा नं १ बाट (आइतबार) बिहान करिब ७ स् ३० बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन ।
होमले बालिकाको करणीमा ३ नाबालकलाई पनि कुट्ने र मार्ने धम्की दिएर प्रयोग गरेका थिए । प्रहरीका अनुसार त्रसित बनाएर बालिकालाई पालैपालो करणी गर्न लगाएका थिए । ३ बालकलाई भने हाजिरी जमानीमा छाडिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बालिकाको छिमेकी तथा नाता सम्बन्धी नै पर्ने वर्ष १२, १३ र १४ का ३ बालकलाई ज्यान लिने धम्की दिएर बालिकामाथि बलात्कार गर्न लगाएर, करिब ४० वर्षका होम तामाङले बलात्कार गरेको पीडित परिवारले जनाएका छन।