बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन्। आइतबार राति बागलुङदेखि गलकोटतर्फ गइरहेको ग२च ९२४६ नम्बरको बोलेर पिकअप दुर्घटना हुदाँ चालकसहित ६ जना घाइते भएको प्रहरी चौकी हटियाले जनाएको छ।
घाइते हुनेमा बरेङ गाँउपालिका ५ का २० वर्षिय चालक यादव खत्री, गलकोट नगरपालिका ६ जामुडाँडा निवासी २३ वर्षीय कृष्ण विक, सोही ठाँउका २१ वर्षीय केशव नेपाली, २० वर्षीय गणेश नेपाली, २३ वर्षिय सुजन नेपाली र १९ वर्षीय जीवन नेपाली रहेको ट्राफिक प्रहरी जवान थम नारायण ढकालले जानकारी दिए।
घाइते ६ जनाको हटिया स्थित ईमरजेन्सी पोलिक्लिीनिक प्रालिमा उपचार भैरहेको प्रहरीले जनाएको छ।






