jQuery(document).ready(function($){ //
});

दमक , २६ साउन । नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले जनताको भावनाअनुसार काम गरोस् भन्ने आफ्नो सदिच्छा रहेको बताउनुभएको छ । अघिल्लो सरकारले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले खराब नियत राखेर कतिपय कार्यक्रम अघि बढाउन नचाहेपछि बाध्यताले केही कार्यक्रमलाई निरन्तरता दिन आनाकानी गरिएको गुनासो गर्नुभयो ।
 
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय मागेर बोल्दै अध्यक्ष ओलीले नीति, कार्ययोजना, लक्ष्य र त्यहीअनुसारकै व्यवहार र प्रयास आफ्नो नेतृत्वको सरकारले गरेको जिकिर गर्नुुभयो ।
 
उहाँले समृद्ध नेपालको राष्ट्रिय आकांक्षा प्राप्त गर्न आफ्नो पार्टीले उदार र फराकिलो भावनाका साथ चुनावी तालमेल र पार्टी एकीकरण गरेको जानकारी दिनुभयो । उहाँले विगतमा प्रतिपक्षसँग पनि संवाद सहमतिको सम्मानपूर्ण अभ्यास गरिएको जिकिर गर्नुभयो । त्यो बेला सहकार्य गरेर अघि बढ्ने नीति पनि लिइएको उहाँले जानकारी गराउनुभयो ।

विगतमा गलत कुरासँग कुनै सम्झौता नगर्दा कतिपयको अपेक्षा पूरा नभएको तथा ‘म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्नँ’ भन्दा कतिलाई धक्का पुगेको र त्यही कारण आफ्नै पार्टीभित्र पनि धक्का पुगेको उहाँले बताउनुभयो ।
 
नेता ओलीले आफू देश र जनताको सेवाको निम्ति जन्मिएको तर प्रधानमन्त्री हुन नजन्मिएको जिकिर गर्नुभयो । काम गर्र्दै जाँदा प्रधानमन्त्री भएको र अब पनि जनताको जनमतमार्फत मूल ढोकाबाटै सरकारमा सहभागी हुने उहाँको भनाइ थियो । उहाँले आफूमाथि विश्वास गरेर सुम्पिएको जिम्मेवारी खोसिएको र त्यस्तो राजनीतिमा कहिलेकाहीँ हुने पनि बताउनुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उहाँले अदालतको निर्णयमाथि बहस हुँदै जाने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीबाट हट्नुपरेकोमा चिन्ता छैन भन्नुभयो । “अदालत जस्तो सबैले विश्वास गर्ने जनताको भरोसाको संस्था असन्तुलित नहोस् भन्नेमा मात्रै मेरो चिन्ता हो, लोकतान्त्रिक प्रणालीका संस्था आ–आफ्नो मर्यादामा बसेर काम गरोस् भन्नेमा मात्रै मलाई चिन्ता छ”, उहाँले भन्नुभयो ।
 
उहाँले अहिले राष्ट्रिय उद्देश्यमा केन्द्रित भएको सरकारको आवश्यकता औँल्याउनुभयो । अघिल्लो सरकारले धेरै राम्रो काम गरेको तथा छिमेकीसँग सन्तुलित व्यवहार गरिएको र राष्ट्रिय सम्मानलाई झुक्न नदिएको उहाँको जिकिर थियो । अहिले सत्ता र प्रतिपक्ष संवादहीन अवस्थामा पुगेको उहाँले बताउनुभयो । कतिपय कामलाई अहिलेको सरकारले नचाहेर पनि निरन्तरता दिएको उहाँले बताउनुभयो ।
 
संयुक्त सरकारको  न्यूनतम साझा कार्यक्रमको सन्दर्भमा अध्यक्ष ओलीले संसद् छलेर उक्त कार्यक्रम किन आयो भनी प्रश्न गर्नुभयो । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) को बारेमा नेपाली जनताले जान्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “प्रधानमन्त्रीज्यू एमससिसीको बारेमा के गर्नुहुन्छ रु लिम्पियाधुरा, लिपुलेक, कालापानी वार्ताद्वारा फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन ?” अध्यक्ष ओलीले द्वन्द्वपीडितलाई न्याय दिन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय