
दमक , २६ साउन । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलिदेखि (साउन २७ गते) निष्काशन तथा बिक्री खुला हुने भएको छ ।
कम्पनीले ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा छिटोमा साउन ३१ गते बैंकिङ कारोबार समयसम्म आवेदन दिन सकिने छ । माग बमोजिम आवेदन नपरेको खण्डमा भदौ ९ गतेसम्म दिन पाइने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआर्य मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्काशनका लागि गत असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएइको थियो ।