jQuery(document).ready(function($){ //
});

दमक , २७ साउन ।आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर उपराष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गरि नपाएको ओहोदा वा पद पाएको भनि भ्रम सिर्जना गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्यानमा पारी व्यक्तिगत लाभ लिने उदेश्यले ठगी गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलीले मिति २०७८।०४।२६ गते जिल्ला डोटी केआईसिंह गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल किर्तिपुर नगरपालिका वडा नं. ०७ काठमाडौं बस्ने बर्ष २६ को किशोर / कुशल भट्ट भनिने केशवराज भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरि निजको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

साथै अन्य कोही व्यक्तिहरु निजबाट पीडित भएको भए यस महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न हुन अनुरोध ।अनुसन्धानबाट खुल्न आएको कुराः१) यस अघि पनि मिति २०७५।१२।२६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा यसै महाशाखाबाट निजलाई पक्राउ गरिएकोमा निज व्यक्ति १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ।२) निजले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह-सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पक्राउ व्यक्ति:-१. नाम :- किशोर भट्ट / कुशल भट्ट भनिने केशवराज भट्टउमेर :- २६ बर्ष ठेगाना :- जिल्ला डोटी, केआईसिंह गाउँपालिका वडा नं. ६ निजको साथबाट बरामद भएका सामानहरुः-१. निजले प्रयोग गर्ने गरेको सिमकार्ड सहितको आइफोन थान-१ २. केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम थान-१३. किशोर भट्ट नामको त्रि-चन्द्र कलेजको बिद्यार्थी परिचयपत्र थान-१ ४. किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड थान-१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय