jQuery(document).ready(function($){ //
});

– नुमनाथ प्यकुरेल

 

RAWA Hills Town Property

RAWA Hills Town Property

जिवन सरल होस, समाज एकरुपतापूर्ण होस, सांस्कृतिक समानता होस, आर्थिक भरिपुर्णता होस, प्रविधिमा निपुर्णता होस, दुख नहोस, सर्वत्र शुख, शान्ती, संवृद्धी होस। अझ सम्भव भएदेखि रोग नलागोस, आजको स्थितिमा गाह्रो मानिएको काम गर्नु नपरोस। यो सरल मानविय विशेषता हो तर सामाजिक यथार्थ त त्यस्तो छैन। समस्या छन्, चुनौतिहरु छन्, विभेद छन्, शोषण छन्, बेतिथि छन्, विसंगति छन्, सिमितता छन्। समग्रमा समाज जटिल विविधताहरुको योग हो। जटिलता चुनौति त हुँदैहुन् तर विवेकपूर्ण जुक्ति लगाउने हो भने प्रतेक जटिलता संगै अवसर तथा सम्भावना पनि हुन्छन्। विविधतालाई जसले सुल्झाउन सक्यो त्यो अग्रणी हो र जो जटिलतालाई झमेला र चुनौती ठान्दछ अकर्मण्यताको घनचक्करमा पर्दछ। बदलिँदो वैश्विक सम्रचनामा सधैं एउटै समाज संस्कृति तथा सभ्यताको बर्चस्व रहदैन। वैश्विक केन्द्रहरु निरंतर बदलिन्छ्न्। ब्यक्तिको जिवनमा १००/२०० बर्ष असाध्यै ठूलो हो तर समाज र सभ्यताको जिवनमा गौंण कुरा हो। सामाजिक सांस्कृतिक पक्षहरु यति विशिष्टिकृत र संवेदनशील हुन्छन् कि, दुई बेग्लै भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा धार्मिक अवस्थामा रहेका समाजका समानता तथा भिन्नताहरुका बारेमा वर्णनात्मक विवरण प्रस्तुत गर्न सकिन्छ तर बेग्लाबेग्लै समाज तथा संस्कृति एकाअर्कासंग तुलना गरेर अग्रणी र पश्चगामी भनेर वर्गीकरण गर्न सकिंदैनन्।

मुल नेतृत्वको अकर्मण्यता ।।

प्राचीन सभ्यताको अटुटता नेपाली समाजको मात्रै विशेषता हैन, नेपाल जस्तै हजारौं बर्ष देखि सभ्यता र संस्कृतिको स्थितिगत्यात्मक अबिछिन्नता भएका थुप्रै राष्ट्रहरु जसले आफ्नो मौलिक ज्ञान परम्परालाई अबिछिन्न राख्न सकेका जति पनि राष्ट्रहरू छन् तिनको स्थिती अग्रणी छ तर नेपालको स्थिति त्यस्तो हैन/छैन। नेपाल राष्ट्रको बिडम्बन के हो भने, जसको हातमा डाडुपुन्यु सहित देशको बागडोर छ, तिनलाई नेपालको मौलिक ज्ञान परम्परा तथा मौलिकता प्रती कुनै रुचि तथा आक्रषण छैन तर तिनको नकारात्मक चर्चापरिचर्चा मात्रै गरिरहंदा राजनीतिक दल तथा राजनीतिक नेतृत्वको जनाधार कम्जोर हुनेभएकाले प्रष्ट र छर्लङ्ग नकारात्मक पनि टिप्पणी गरिहालेका छैनन्। वास्तविकता तितो हुन्छ, आफ्नो सामाजिक, सांस्कृतिक तथा मनोबैज्ञानिक अवस्था प्रती आलोचनात्मक समर्थन गर्ने विद्वान् मान्यवरहरुले आफ्नो धर्म, संस्कृति, सभ्यता, संस्कार बाहेकका सांस्कृतिक तथा सामाजिक घटना, चाड तथा पर्वहरुमा आफ्नो मानव अवतारनै रुपान्तरण गरि एकाअर्का समुदाय प्रती नकारात्मक टिप्पणी गर्नु क्रान्ति तथा अग्रगमन नभएर तुष्टिकरण बिषाक्त नश्लिय कित्ताकाट हो र द्वन्द्वात्मक घृणावादको बिजारोपण हो। यी र यस्ता नकारात्मक प्रवृत्तिले राष्ट्रिय एकता, दीर्घकालीन शान्ति, सुब्यवस्था तथा बिकास र समृद्धिमा बाधक हुन्।

स्थिति गत्यात्मक प्रगतिवाद सामाजिक सांस्कृतिक विश्व दृष्टिकोण।।

हरेक समाजका बिभिधतायुक्त पहेलुहरु हुन्छन् तर प्रतेक सामाजिक विभिन्न कालखण्डमा महत्वपूर्ण सिद्धान्त तथा अवधारणा एकै हुन्छन्। केही विद्वानहरुको विचारमा इतिहास र ऐतिहासिक उपलब्धिहरु बर्तमान परिप्रेक्ष्यमा अर्थपूर्ण हुदैनन् भन्ने छ। कोहि इतिहास र ऐतिहासिक उपलब्धिका मनका लड्डु खाँदै रमाएर बसेका छन्। संख्यामा थोरै तर बिजय भाव राखेर युगान्तकारी स्थितिगत्यात्मक प्रगतिवादको वैश्विक दृष्टिकोण राख्ने सहृदयी जनहरु सहृदय दर्शन र राज्यराष्ट्र अवधारणा तथा सिद्धान्त हृदयंगम गरि नेपाललाई पुन एकपटक वैश्विक केन्द्र तुल्याउन कृयाशिल छन्। पूर्व र पश्चिमको माथापच्छिमा नलागी बिज्ञानको बुद्धि र धर्मको विवेक आत्मसात गरेर मौलिक रैथाने शक्तिको झण्डा उठाएर दशकौंदेखिको संक्रमणकाल तत्काल अन्त्यगरी, मध्यकालमा नेपाललाई आजको प्रतिमानमा विकसित भनिएका देशको हाराहारीमा पुर्याउने र अन्ततोगत्व नेपाललाई वैश्विक केन्द्र तुल्याउने दृढ संकल्पलाई सकारात्मक नै मान्नु पर्दछ। पूर्विय पश्चिमी समाजका आआफ्नै सापेक्ष सिमितताहरु छ्न् तर हाम्रो खास चासो चाहिँ प्रभुत्वमा रहेका सिद्धान्त तथा अवधारणाहरुमै हुनुपर्दछ।

विश्व समाजको स्थिति गत्यात्मक समाधान ।।

सबै किसिमका पुर्वाग्रहलाई परै राखेर र बर्तमान सामाजिक यथार्थ लाई एकैछिन नजरअन्दाज गर्ने हो भने, आजको यथार्थ पश्चिमी समाज जानेर तथा नजानेर ज्ञानको विश्व मापक बनेको छ। सामाजका प्रतेक आयामहरूको अनुकरणिय मापक पश्चिमी प्रतिमान भएको छ। शिक्षा, स्वास्थ्य, मनोविज्ञान, आर्थिक तथा राजनीतिक बिकासको परिस्कृत मापक आजका दिनमा आफ्नो मौलिक रैथाने विधि पद्धति मान्न सकेका छौनौं। जुन परिस्थितीमा पश्चिमी समाजका विकासका आयामहरु निर्धारण गरिएका थिए अन्दाधुन्द नेपालीकरण गर्दैमा नेपाली समाजको समुचित विकास तथा प्रगति हुंदैन भन्ने कुरामा दुईमत हुंदैन। प्राचीन समाजमा पूर्विय सभ्यता ज्ञानको विश्व मापक थियो भन्ने तथ्यका दर्जनौं प्रमाण प्रस्तुत गर्न सकिन्छ। अनुसंधान, उधमशिलता तथा व्यक्तित्व बिकास गर्दै समाजको राष्ट्रको विकास गर्न सकिन्छ भन्ने आसा, आत्मविश्वास तथा आत्मियताको अभिबृद्धी गर्न आफ्नो पोल्टामा सामल हुँदैहुँदै लोभ र प्रलोभनले भूँईको टिप्न खोज्दा पोल्टको सामल समेत पोख्ने प्रवृत्तिको बिकास भएको यथार्थ हो। हाम्रो सभ्यता, भाषा, धर्म, संस्कृति, संस्कार अघिबढोस भनि अपेक्षा गर्नु मानविय स्वभाव हो तर बिज्ञानको बुद्धि र धर्मको विवेक गुमाएर निर्माण गरिएका सबै किसिमका अवधारणा तथा सिद्धान्त असान्दर्भिक तथा अवान्छित हुन्छन्। यहाँ अस्पष्ट रुपमा संकेत गर्न खोजिएको बिषय हामी बिकासमा पछिपारिएका देशका नागरिकहरु तत्काल दशकौंदेखिको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक संक्रमणकाल अन्त्य गर्न, छिट्टै विकसित देशको हाराहारीमा र अन्ततोगत्वा अग्रणी र वैश्विक केन्द्र बन्न कस्तो विश्व दृष्टिकोण राख्ने भन्ने नै हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय