jQuery(document).ready(function($){ //
});

दमक , २९ साउन । राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । बिहीबार बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले केही बेर अघि मात्र मौद्रिक नीतिको दफाबार छलफल गरिसकेको छ । आज बिहान बस्ने सञ्चालक समितिबाट पारित गरेर दिउँसो मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।

सरकार परिर्वतन भएपछि तयारी अवस्थामा रहेको मौद्रिक नीति पनि सार्वजनिक हुन पाएको थिएन । अहिले अर्थमन्त्रालयबाट ग्रिन सिग्नल पाएपछि आज नीति सार्वजनिक गर्न लागिएको हो । राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिको अन्तिम तयारीबारे अर्थमन्त्रालयलाई व्रिफिङ गरिसकेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

मौद्रिक नीतिमा सेयर बजारलाई अप्रत्यक्ष रुपमा कडाइ गरिने स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय