
झापाको कन्काई नगरपालिका ४ स्थित कोटीहोस्थित सडकखण्डमा ट्रक र कारसंग मोटरसाईकल ठक्कर खाँदा एक जनाको मृत्यु मृत्यु भएको छ । आज मंगलवार बिहान ६ बजेको समयमा सडकको छेउमा रोकी राखेको ना.५ ख. ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्बतर्फ आउँदै गरेको को. ३९ प. ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोकिएर उछिटिदा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. १ च. ४२८१ नम्बरको कारमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङको रतुवामाई नगरपालिका २ बस्ने बर्ष २३ को किशन शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका उनलाई उपचारका लागी विर्तामोडस्थित बिएण्डसी अस्पतालमा पुरयाँउन साथ मृत्यु भएको थियो । प्रहरीले दर्घटनामा संलग्न ट्रक चालक र कार चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाईएको छ ।
माछा पोखरीमा डुबेर बालकको मृत्यु
दमक । माछा पोखरीमा डुवेर झापाको दमक १ स्थित हिमावि स्कुल नजिक बस्ने किरण थापाको २ बर्षिय छोरा आयुस थापाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा डुबीरहेको अवस्थामा आफन्तले निजलाई फेला पारेपछि तत्काल उपचारको लागी लाईफलाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरिेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजय राज पण्डितले बताए ।
Source : Hamrodamak