jQuery(document).ready(function($){ //
});

दमक , ३२ साउन । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । साबिक विजेता एट्लेटिकोले आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २–१ ले हरायो ।

सिजनको पहिलो खेलमा सहज जित निकाल्दै एट्लेटिकोले सुखद सुरुवात गरेको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले दुई गोल गरे । सेल्टाका इयागो आस्पसले एक गोल फर्काए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

खेलको २३औँ मिनेटमा कोर्रियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा इयागोले पेनाल्टीमा गोल गर्दै सेल्टालाई १–१ को बराबरीमा फर्काए । ६४औँ मिनेटमा कोर्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।

एट्लेटिकोका मारियो हेर्मोसो र सेल्टाका हुगो माल्लोले रातो कार्ड खाँदा दुवै टोली खलको इन्ज्युरी समयमा १० खेलाडीमा सीमित भएका थिए ।

जितसँगै एट्लेटिकोले ३ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय