दमक , ३२ साउन । ||भोजराज घिमिरे || सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी को सहकार्यमा निर्मित सामुदायिक प्रहरी सेवा केन्द्र र्तिनपैनि प्रहरी बिट हस्तान्तरण कार्यक्रम सम्पन सो कार्यक्रमको प्रमुख अथिती मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक जनार्दन जि सि ले गर्नुभएको थियो ।
सो प्रहरी बिट निर्मान को लागि आर्थिक सहयोग गर्नुहुने दाताहरु :
कृषि बिकास बैंक लि. ले दुइ लाख
एभरेस्ट बैंक लि. एक लाख
गोल्बल आइमी बैंक लि. पचास हजार
लक्ष्मि बैंक लि. पचास हजार
प्रभु बैंक लि. पचास हजर
स्थानीय समाजसेवी उद्योगपतिले समेत सहयोग गर्नु भएको थियो । यसभन्दा अगाडि सो सामुदायीक प्रहरी सेवा केन्द्र सञ्चालन गर्न १० वर्षका लागि नि:शुल्क भुपु प्रहरी उपरीक्षक बिद्यानन्द माझीले आफ्नो घरमा एक कोठा दिएर सहयोग गर्नुभएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रलाई सहयोग गर्नुहुने उद्योगपति तथा समाजसेवी नन्दकिशोर राठी, सेफ फोम बिल्ड्स प्रा. लि का अभिनायक मल्ल, फर्निचरहरु दिई सहयोग गर्ने विजय शर्मा लगायतलाई प्रमाण–पत्र दिइर सम्मान गरिएको थियो । सो कार्यक्रममा विराटनगर महानगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष कुमार पोखरेलले बैंकहरु लगायत सम्पूर्ण सहयोग गर्नुहुनेलाई धन्यवाद दिनुका साथै सामुदायीक प्रहरी सेवा केन्द्रलाई सहयोग गर्ने बताउनुभयो । सो कार्यक्रम का प्रमुख अथिति प्रहरी उपरीक्षक जनार्दन जिसिले सहयोगी मनहरुलाई धन्यवाद दिदै सामुदायिकसँग सहकार्य गरि काम गर्ने बताउनु भयो । सो कार्यक्रमको अथिती उद्योगपति समाजसेवी चम्पालाल राठी, सीतारम बाहेति उद्योगपति समाजसेवी वजरङ्ग वाहेती, समुदायीक प्रहरी सेवा केन्द्र कञ्चनवारीका अध्यक्ष जगत दाहाल, शान्तिचोकका सचिव मदन घिमिरे, नेपाल पत्रकार माहासंघका भुपु अध्यक्ष शिवबहादुर कार्की लगायत महानुभावको उपस्थित रहेको थियो । सो कार्यक्रमको सभापतित्व सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मीना जोशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य समुदायिक सेवा केन्द्रकी सदस्य रमा वरुवालले गर्नु भएको थियो । यो बिट बनाउन सहयोग गर्नु हुने बैंकका साथै सम्पूर्ण महानुभावलाई धन्यवाद दिदै यसरी नै सहयोग गरिदिन अनुरोध गर्नुभयो । सो कार्यक्रममा रक्तदानको कार्यक्रम तथा फलफूल, माक्स वितरण तेरापन्थी युवा परिषद्ले वितरण गरेको थियो भन्नेकुरा का.बा. सचिव भोजराज घिमिरेले वताउनु भयो ।










