jQuery(document).ready(function($){ //
});

दमक , १ भदौ । वैदेशिक अध्ययनमा जान नपाएका विद्यार्थीले तिरेको शिक्षा सेवा शुल्कबापतको रकम फिर्ता पाउने भएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शिक्षा सेवा शुल्क फिर्ता गराउन विदेशी विनिमयसम्बन्धी सुविधाको व्यवस्था गर्न निर्देशन दिएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आर्थिक अध्यादेश २०७८ ले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा २ प्रतिशत शिक्षा सेवा शुल्क लिने व्यवस्था गरेको छ।

सो व्यवस्था अनुसार विदेशी मुद्रा सटही सुविधा लिएका तर विदेश अध्ययनका लागि जान नपाएका विद्यार्थीले तिरेको शिक्षा सेवा शुल्क फिर्ता गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले कार्यविधि नै बनाई लागु गरेको हो ।

विदेशस्थित कलेज वा विश्वविद्यालयमा अध्ययन गर्ने सिलसिलामा शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही गरी शुल्क बुझाएका विद्यार्थीका हकमा फिर्ता गर्ने उल्लेख छ । विदेशमा अध्ययन गर्न जान नपाई विदेशी मुद्रा फिर्ता गरेमा तीन वर्षभित्र फिर्ता गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय