jQuery(document).ready(function($){ //
});

दमक , १ भदौ । शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ४० लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार साउन मसान्तसम्ममा हितग्राही खाताको संख्या ४० लाख २८ हजार ९३० पुगेको हो

शेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जसको कारण आइपीओमा आवेदन दिनेको संख्यामा नयाँ रेकर्ड बनेको छ । पछिल्लो समय खुलेको मानुषी लघुवित्तको आइपीओमा २४ लाख धेरैको आवेदन परेको छ ।

आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका छन् । खुलेका डिम्याट खाता मध्ये २० प्रतिशत खाता काठमाडौँ जिल्लावासीले खोलेका छन् । यस वर्षमा काठमाडौँका मात्र ४ लाख २१ हजार ९ सय जनाले डिम्याट खुलेका छन् ।

दोस्रो नम्बरमा झापाका ९६ हजार ९ सय ६६ जनाले तथा तेस्रो नम्बरमा ललितपुरका ९५ हजार ६ सय ५१ जनाले डिम्याट खोलेका छन् ।

त्यस्तै मोरङका ८४ हजार ८ सय ७०, कास्कीका ८३ हजार ४ सय ७६, रुपन्देहीका ८० हजार ४ सय ७०, भक्तपुरका ७५ हजार १ सय ७३, र चितवनका ७० हजार ८ सय २५ जनाले डिम्याट खोलेका छन् । यस वर्ष सबै भन्दा कम मनाङमा ४८४ जनाले डिम्याट खोलेका छन् ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक सेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय