दमक , १ भदौ । बोकेदारीको अर्को प्रस्तुती ” गित बज्यो ट्याक्सीमा ” विगत लामो समय देखि हाँस्य एबम् समय सान्दर्भिक गीत लेखक/गायक श्री कृष्ण लुइँटेलले आज फेरि नयाँ गीत सार्वजनिक गरेका छन्।
गीतको बोल रहेकोछ गीत बज्यो ट्याक्सीमा। बोकेदारीले दर्शकको मनोरंजनका लागि एक पछी एक गीत सार्वजनिक गरिरहेका छन्। केही हप्ता अगाडी मात्र उनीले केराको थम्बा, बिहेमा आको छु जस्ता गीत सार्वजनिक गरिसकेका छन्। बोके मीडिया द्वारा सार्वजनिक भएको गीतमा संगीत/गायन/शब्द स्वयम बोकेदरी एबम श्री कृष्ण लुइँटेलले गरका छन् भने गीतको छायानकन केशव रायमाझिले गरेका छन्।
म्युजिक भिडियोमा केशव रायमाझि , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, अमरजीत शर्माको प्रस्तुती रहेको छ।
गीतमा उनले हाल हाम्रो समाजमा मदिरा पानले घटेको घटनालाई व्यंग प्रहार गर्दै रमाइलो शब्द रचना गरेका छन्।






