jQuery(document).ready(function($){ //
});

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले 

पक्राउ गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका सोखेल बस्ने ४० वर्षीय समुन्द्र केशर केसी र काठमाडौं महानगरपालिका डल्लु बस्ने काभ्रे धुलिखेल नगरपालिका घर भएका ४८ वर्षीय श्याम प्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये समुन्द्रलाई अदालतबाट बैंकिङ कसूर

मुद्दामा १५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तथा श्याम प्रसादलाई ६ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरूलाई झुक्यानमा पारी सनराईज बैक र मेगा बैकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ।

facebook sharing button
twitter sharing button
linkedin sharing button

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय