jQuery(document).ready(function($){ //
});

दमक , ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन भएको दाबी गरेका छन् ।

बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपालले निहुँ खोज्दा चोइटिएको बताउँदै ओलीले एमाले विभाजन नभएको दाबी गरेका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

‘एमाले फुटेको होइन,’ ओलीले भने, ‘चोइटिएको होइन । एमाले कमजोर पनि बनेको छैन । एमालेबाट केही अलग हुँदैमा एमाले सिद्धियो भनेर भन्न मिल्दैन ।’ओलीले भने, ‘मैले एकताको कोसिस नै नगरेर भन्ने कुरा होइन।

५१ वर्ष अगाडि कम्युनिष्ट पार्टी पार्टीजस्तो थिएन त्यसै आन्दोलनबाट एकताको आह्वान ३१ सालमा गरेको थियो। त्यसपछि विभिन्न समूह सामेल भएर ३५ सालमा माले बन्यो पार्टी विस्तार एकिकरण र एकताको प्रयासहरु मेरै नेतृत्वमा भएको हो।’

माओवादी र एमाले पनि आफै नेतृत्वमा एकता भएको बताए। एमालेबाट केही मान्छे बाहिरिएपछि पार्टी निर्माण गर्न कोसिस गरेन भन्नु पूर्वाग्राही मात्रै भएको बताए।

नेपालले विपक्षीसँग मिलेर आफ्नै पार्टी सिद्ध्याउन लागेको ओलीको आरोप छ । ‘उहाँ (नेपाल) ले विपक्षीहरुसँग मिलेर आफ्नै पार्टीलाई कमजोर बनाउ लाग्नुभयो,’ ‘तर पार्टी कमजोर बनेको छैन । यस्ता गतिविधिले मुलुककै प्रमुख पार्टीलाई हल्लाउन पनि सक्दैन ।’

नेपालले आफूलाई २ वर्षयता फोन नगरेको बताउँदै ओलीले भने, ‘मैले पटक–पटक भेटौँ भनेर फोन गरेँ, म बालुवाटार आउँदिनँ भन्दैगर्दा तपाईंकै ठाउँमा आएर भेट्छु भनेर गएँ । तर उहाँले नमान्दा पार्टीमा यस्तो भयो ।’

आफूले पार्टी एकता बचाउनको लागि सक्दो लचकता अपनाएको ओलाको भनाइ छ । ‘मैले अध्यक्ष हैसियतले लचकता अपनाएँ,’ ओलीले भनेका छन्, ‘उहाँको दम्भले दिएन । मलाई भेट्नुभएन । पार्टी अन्ततः यस्तो भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय