।। दमक ।। भदौ ४ ।।
परापूर्वकालदेखि नै हिन्दु धर्मलम्बीहरुले आफ्नो आस्था प्रकट गर्न मन्दिर जाने गर्दछन् । मन्दिर गएर विभिन्न देवीदेवताको पूजा गर्ने गरिन्छ । साथै देवी देवताको पूजा अर्चना गरिसकेपछि मन्दिरको परिकर्मा गर्ने चलन पहिला देखि नै चलि आएको हो । देवीदेवताको पूजा अर्चना पछि किन मन्दिर को परिक्रमा गरिएको होला त ?
-मन्दिर सकरात्मक उर्जाको प्रतिक हो ।तसर्थ मन्दिरको परिक्रमा गर्नु लाभदायिक हुन्छ । जसले मानव शरीरमा स्थानान्तरित हुन्छ र हामीलाई आनन्द भएको अनुभव हुन्छ ।
-मन्दिर निर्माण गर्दा वास्तुको ध्यान दिइएको हुन्छ । अनि स्वतः प्रकट भएको मूर्तिमा तथा पछि प्रतिष्ठापित मूर्तिमा प्राणप्रतिष्ठा गरिएपछि त्यहाँ ऊर्जाको प्रवाह सुनिश्चित हुन्छ ।
-मन्दिर परिक्रमा जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतैतिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जालाभ हुँदैन ।
-परिक्रमा जहिले पनि बिजोडी संख्यामा गरिन्छ र तीनचोटि परिक्रमा गर्ने प्रचलन व्यापक छ ।






