jQuery(document).ready(function($){ //
});

।। दमक ।। भदौ ४ ।।

आजको दिनसम्म नेपालमा सियो उत्पादन गर्ने उद्योग स्थापना भएको छैन । नेपालमा ठूलाठूला उद्योग स्थापना हुने क्रम जारी छ । तर, एउटा सामान्य सियो उत्पादन गर्ने उद्योग हालसम्म स्थापना भएको छैन । साथै, त्यस्ता उद्योग स्थापनामा गर्नमा सरकार तथा निजीक्षेत्रले पनि वास्ता गरेका छैनन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपालमा आवश्यक पर्ने कुनै पनि प्रकारको सियो विदेशबाट नै आयात गर्नुपर्ने बाध्यता रहेको छ । विशेषगरी नेपाल र भारतदेखि यसको आयात गर्ने गरिन्छ, जुन पछिल्ला वर्षहरूमा बढ्दै पनि गएको छ । गत आवमा मात्र नेपालमा रू। १ अर्ब १३ करोड ८६ लाख ७२ रुपैयाँको सियो आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

कपडा सिलाउने र अस्पतालमा प्रयोग हुने गरेर नेपालमा उल्लिखित बराबरको सियो आयात भएको हो, जुन अघिल्लो आवको तुलनामा करीब २७ प्रतिशतले बढी हो । अघिल्लो आव २०७६र७७ मा ८९ करोड ७८ लाख ५४ हजार रुपैयाँको सियो आयात भएको थियो ।

गत आवमा ३ करोड ४४ लाख ६७ हजारको कपडा सिलाउने सियो आयात भएको छ । अस्पतालमा प्रयोग हुने सियोको आयात भने अत्यधिक मात्रामा हुने गर्छ । गत आवमा रू। १ अर्ब १० करोड ४२ लाख बराबरको अस्पतालमा प्रयोग हुने सियोको आयात भएको छ ।

अघिल्लो आवमा भने रू। ३ करोड ५४ लाख २६ हजारको कपडा सिलाउने सियो आयात भएको थियो । अस्पतालका लागि भने रू। ८६ करोड २४ लाख २८ हजारको सियो आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय