jQuery(document).ready(function($){ //
});

दमक , ४ भदौ । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

साथै सरकारले भदौ ७ गते गाईजात्राका दिन नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। यसअघि गाईजात्रामा काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिने गरिएको थियो ।

बैठकले रथी प्रभुराम शर्मालाई महारथीमा बढुवा गर्दै प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय