jQuery(document).ready(function($){ //
});

।। दमक ।। भदौ ४ ।। पछिल्लो २४ घण्टामा देशभर ३०४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा २०७९ र ७१२४ एन्टीजेन परीक्षणमा ९६३ जना गरी कुल ३०४२ जनामा संक्रमण पुष्टी भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४४ हजार ३०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२४४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार३०९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ४५५पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय