jQuery(document).ready(function($){ //
});


।। दमक ।। भदौ ५ ।।
चौथो विश्व संस्कृत दिवस श्रावण पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर भदौ ६ गते आइतबार मनाइँदैछ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । चौथो विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतका विभिन्न संस्थाहरूले संयुक्त रूपमा गरेका छन् । नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासंघ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेशनल र विश्व भूटानी हिन्दू संगठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम यूकेको सहकार्यमा यो दिवस मनाइँदैछ ।
नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँमा आयोजना गरिएको छ । कोरोना भाइरस महाव्याधिका कारणले सरकारले जारी गरेको निर्देशन अनुसार सानो संख्यामा मात्र प्रत्यक्ष उपस्थित हुने र देश तथा विदेशबाट प्रविधि मार्फत् ठूलो संख्यामा सहभागिता हुने बताइएको छ । मूल समारोहलाई सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका पूर्वकुलपति प्रा.डा. राजाराम शुक्ल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा. नारायणप्रसाद गौतम र जैनमुनि डा. मणिभद्र महाराज सहितका वक्ताहरूले सम्बोधन गर्नुहुनेछ । देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यहरूको प्रस्तुति पनि हुनेछ । नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतार लगायतका देशहरूमा चौथो विश्व संस्कृत दिवस मनाउन कार्यक्रमहरू तय भइसकेको जरोकिलो महाअभियानका संकल्पकर्ता एवं काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले जानकारी दिनुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय