jQuery(document).ready(function($){ //
});

दमक, ६ भदौं । एभरेष्ट प्रिमियर लिगमा अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले खेल्ने भएका छन । शाहजादले यसअघि नै तय भएअनुसार चितवन टाइगर्सबाट खेल्न आउनेछन । 

विकेटकिपर ब्याट्सम्यान शाहजादले इपीएलका लागि खेल्न आउने पक्का भएको चितवनले जनाएको छ । अफगानिस्तानका लागि विस्फोट खेलाडी आउने पक्का भएपछि टिमको हौसला झन बढेको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

अघिल्लो बर्ष कोभिडका कारण स्थगित भएपछि इपीएल खेल्न आउन नपाएका शाहजादले एक सन्देशमा अघिल्लो बर्ष जहाँबाट टुंगिएको थियो, त्यहिबाट सुरु गर्ने बताएका छन ।

उनी काठमाडौंमा छक्काको बर्षा गर्न आतुर रहेको बताएका छन । आगामी असोज नौ देखि २३ सम्म हुने प्रतियोगितामा ६ टिमको सहभागिता हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय