
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को मङ्गलबार भव्य कार्यक्रमबीच समापन गरिएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा समापनको भव्य समारोह आयोजना गरिएको थियो ।
समापन कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो भने सुरक्षाकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण भनेको आतिशबाजी र डेढ सय ड्रोन प्रयोग गरेर आकाशमा बनाइएको आकृतिहरु रहेको थियो ।
१३ औँ सागमा नेपालले किर्तिमानी ५१ औँ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित २०६ पदक जित्न सफल भएको छ ।
हेरौँ कार्यक्रमका झलकहरु