दमक, ८ भदौं । किशोर निरौला । मोरङकाे मिक्लाजुङ्गमा माछा पोखरीमा डुबेर एक जनाकाे मृत्यु मोरङकाे मिक्लाजुङ्ग गाउँपालिकामा माछा पाेखरीमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मिक्लाजुङ वडा नम्बर ७ स्थित सिसौली का १८ बर्षीय नारायण बोहोरा रहेकाे ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएकाे छ ।
बाेहाेरा हिजाे दिउसो साढे १ बजे आफ्नै घर छेउमा रहेको माछा पोखरीमा माछालाई चारो दिन जाँदा पोखरीमा डुबी बेपता भएका थिए । घटनाको जानकारी पाए लगतै मिक्लाजुङ प्रहरी टाेली र स्थानियकाे सहयाेगमा खोजतलास गर्दा दिउसो सँवा ३ बजे बोहरालाई मृत अबस्थामा फेला पारिएको ईलाका प्रहरी मिक्लजुङ का इन्चार्ज देबेन्द्र फुयाल ले बताउनु भयाे । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाक प्रहरी कार्यालय मिक्ल्लाजुङ्ग ले बतायेकाे छ ।






