jQuery(document).ready(function($){ //
});

 दमक, ११ भदौं । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धार कार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ ।

“हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ” उहाँले भन्नुभयो। उहाँले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गर्नुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म एक लाखभन्दा बढीलाई अन्यत्रै लगिएको छ। तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्।

बिहीबार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिस सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए। त्यसको केही समय पछि गोली चलेको आवाज आयो । केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो।

अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस–के ले आत्मघाती हमला गर्न सक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठुलो भिड जम्मा भएको थियो।

बीबीसीका अनुसार उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ। विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ।

हमला हुनसक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय