
नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दामा आज सुनुवाई तोकिएको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको मुद्दामा आज सुनुवाई तोकिएको हो ।
पूर्वमन्त्री समेत रहेका आलमको मुद्दामा सुनुवाईका न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ ।
०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इँटा भट्टामा जलाएको आरोप उनीमाथि लागेको छ ।