
।।दमक।।भदौ १३।।किशोर निरौला ।।
जनगयाक (जुठ बहादुर श्रेष्ठ) जेवी टुहेरेको सम्झनामा मोरङको मिक्लाजुङ गाउँपालीकामा नेकपा एमाले मिक्लाजुङले श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ । मंगलबार भाद्र १५ गते बिहान १० बजे बाट नेकपा एमाले पाटी कार्यालायमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले मिक्लाजुङका सचिब नविक कार्कीले बताए । शुनसरीको धरानमा जन्म भई मोरङको साविक मधुमल्ला गाविस मा हुर्के बढेका टुहुरेले आफ्नो राजनैतिक कर्मथलोको रुपमा मधुमल्ला र टाँडी क्षेत्रलाई बनाएका थिए ।
पञ्चायती निरंकुशता विरुद्ध जनताहारुलई गित संगित र संगठनीक रुपमा समेत नेपाली काम्युनीष्ट आन्दोनलाई हालको यो उचाइ सम्म पुर्याउन जेबी टुहुरेको योगदान ठुलो रहेको नेकपा एमाले मिक्लाजुङका अध्यक्ष बुद्धमान लीम्बु बताउँछन । नेकपा एमाले पार्टी कार्यलय परिसरमा सबैले श्रद्धाञ्यजली अर्पण गर्न मिल्ने गरी श्रद्धाञ्जली कार्यक्रम गर्ने र थप केही दिन सम्म सो कार्यक्रमलाई निरन्तर रुपमा सबैले श्रद्धाञ्जली अर्पण गर्न पाउने गरी व्यवस्थापन गर्ने नेकपा एमाले मिक्लाजुङका सचीब कार्कीले बताए ।