jQuery(document).ready(function($){ //
});

।।दमक।।भदौ १९।। भोजराज घिमिरे ।।

विराटनगर इन्टरनेशनल कलेजलमा नयाँ शैक्षिक शत्रदेखि ‘हस्पिटालिटी म्यानेजमेन्ट’ कोर्ष र होटल म्यानेजमेन्ट पढाई हुने भएको छ ।
युकेमा पढाइ हुने उक्त तीन वर्षको कोर्ष आउँदो मंसिरमा भर्ना खुलाई नयाँ शैक्षिक शत्रदेखि हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुने भएको हो ।
यसै वर्षदेखि यस कलेजको पूर्ण रूपमा इनोभेट नेपाल ग्रुपको स्वामित्व व्यवस्थानमा आए को छ मेरिल्याण्ड कलेज विराटनगर को नाम पनि परिवर्तन गरि विराटनगर इन्टरनेशनल कलेज राखिएको अध्यक्ष शुलभ बुढाथोकीले जानकारी दिनु भयो । कलेज परिसर भित्र आज पत्रकार सम्मेलन गरि अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आएको यो कलेजले हस्पिटालिटी म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदेश १ मा पहिलो पटक नयाँ कोर्ष लिएर आएको अध्यक्ष बुढाथोकीले भन्नू भयो । ‘माग धेरै भएपनि अहिले स्वदेशमा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा न्यून संख्यामा जनशक्ति रहेका छन्,’ इनोभेट नेपाल ग्रुपका अध्यक्ष बुढाथोकीले भने, ‘सम्पूर्ण हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो । त्यसको लागि दक्ष प्रध्यापकहरू हामीसँग छन् ।’
हस्पिटालिटी क्षेत्रलाई चाहिने क्याप्टेन, होटल म्यानेजर, सीइओ, टिम लिडर, स्वदेशी तथा विदेशी उड्ययन तथा समुन्द्री यातायात क्षेत्रको लागि क्याबिन कृउ, ट्राभल म्यानेजरलगायतका क्षेत्रका नेतृत्व गर्ने सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर हस्पिटालिटी म्यानिजेमेन्ट कक्ष सञ्चालनमा ल्याएको भाताउनु भयो
हस्पिटालिटी क्षेत्रमा आवश्यक पर्ने जनशक्ति स्वदेशमा पदपूर्ती गरि अन्तर्राष्टिय स्तरसम्म को लागि हाम्रो लक्ष्य रहेको छ। जनशक्ति उत्पादनको लागि विदेशी प्रध्यापकहरूलाई पनि ल्याएर अध्यापन गराउ छौं । तीन वर्षको कोर्ष हुने हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष पुरा गरेको ६ लाख ५० हजार रुपैयाँ शुल्क इनोभेट नेपालले तोकेको छ । यही कोर्ष विदेशमा गएर पढदा ६० देखि ८० लाख रुपैयाँसम्म शुल्क पर्ने गर्दछ ।
अध्यक्ष बुढाथोकीका अनुसार आगामी वर्षदेखि कलेजमा मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट, बिएसी कम्प्युटर साइन्स को थप कोर्ष पढाउने भएको छ । ‘यसरी अन्तर्राष्टिय स्तरको शिक्षा स्वदेशमा त्यो पनि स्थानिय स्तरमा पठनपाठन सुचारू गरि चर्को मुल्य खर्चेर विदेश जानुपर्ने बाध्यतामा लाई हामीले अन्त्य गर्न लागि परेका छौ उनले भने,
बेलायतको पब्लिक विश्वविद्यालयसँगको समाझेदारीमा बिगत सात वर्षदेखि सञ्चालनमा आएको उक्त कलेजले ४ वटा ब्याचका ४ सय भन्दा बढी विद्यार्थीहरू दीक्षत गरिसकेको बताइएको छ । दिक्षीत भएका धेरै विद्यार्थीहरू स्वरोजगार पनि भएका छन् । दीक्षित भएका मध्ये तीन जनाले लोकसेवामा नाम निकालेर अहिले नेपाल बैंक लि.मा रोजगारी पाएको कलेजले जनाएको छ ।
‘विश्वमा भएका कोर्षहरू हामीले भित्र्याउने लक्ष्य पनि हो,’ कलेजका सिइओ डा. ऋिषीकेश वाग्लेले भने, ‘यहाँ अध्ययन गरेका विद्यार्थीले उत्तिर्णको प्रमाणपत्र मात्र लिएर जादैनन् । स्वरोजगार पनि भएर जाने गर्दछन् ।’ सिइओ वाग्लेले नौलो विषयमा अध्ययन गर्ने गरी उत्पादन हुने विद्यार्थी विश्वका जुनसुकै देशमा रोजगारी प्राप्त गर्न सक्षम हुने जानकारी दिए । कलेजले जेहेन्दार तथा गरिब विद्यार्थीहरुका लागि केही स्थान आरक्षित गर्ने उनले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय