jQuery(document).ready(function($){ //
});

।। दमक।।भदौ १९।।किशोर निरौला ।सन्तोष गौतम ।।


मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा रहेको सीर्जनशिल युवा अभियानले मोरङ र इलामको संगम स्थल कुइनटारमा बृक्षा रोपण कार्यक्तम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि पछिल्लो समय इलामको चुलाचुली गाउँपालिका र मोरङको मिक्लाजुङ गाउँपालिकाको मुख्य पर्यटीकीय क्षेत्रको रुपमा बिकाश हुदै गएको कुइनटारलाई थप प्राकृतीक रुपमा शौन्र्यले परिपुण बनाउन सहयोग पुग्ने उदेश्यले बृक्ष रोपण गरिएको सीर्जनशिल युवा अभियानका अध्यक्ष दिनेश खोक्रेलले बताए ।
बृक्षा रोपण कार्यक्रमा धुपी र फलफुलका गरि करिब एक सय बढी बिरुवाहरु रोपीएको सीर्जनशिल युवा अभियानका सल्लाहाकार क्षितज बरालले बताए । मोरङको मिक्लाजुमा गठित शिर्जनसील युवा अभियानले मोरङको मिक्लाजुङ र दक्षिणी इलामको चुलाचुली गाउँपालिकाको वडा नं. ६ मा बिभिन्न प्रकारका सवजनीक कार्यहरु गर्दै आएको छ । केही दिन अघि मात्र सिर्जनशिल युवा अभियानले मिक्लाजुङ गाउँपालिका वडा नं.७ मा रहेको मावानुनशरी समुदायिक वन क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र टिकटक रोडमा फुलबारी निमार्ण र सरसफाई कार्यक्रम गरेको थियो । आगामी दिनमा थप यस प्रकारका कार्यक्रमहरुलाई निन्तर रुपमा संचालन गर्दै जाने योजना रहेको सिर्जनशिल युवा अभिकानका अध्यक्ष दिनेश खोक्रेलले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय