jQuery(document).ready(function($){ //
});

।।दमक।।भदौ १९।।किशोर निरौला ।।सन्तोष गौतम ।।



मिक्लाजुङ गाउँपालिकमा रहेको मधुमल्ला बृहत खानेपानी उपभोक्ता समितिको पाँचौं साधारण सभाको खुल्ला सत्र सम्पन्न भएको छ । शिनबार मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा रहेको दुर्गा तथा शिव मन्दिर परिशरमा मधुमल्ला बृहत खानेपानी उपभोक्ता तथा सरसफाई समितीको पाँचौ साधारण सभाको खुल्लासत्र सम्पन्न भएको हो ।
पाँचौ साधारण सभालाई शुभकामना मन्तव्य राख्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमकी बिशिष्ठ अतिथी सरला राईले मधुमल्ला बृहत खानेपानी उपभोक्ता सामीतीले समय सापेक्ष रुपमा संस्थालाई बिकाश गर्दै लानु पर्ने बताईन । उपभोक्ता समीत काम गर्न सक्षम भएको तर कतीप समावेशीताका कुराहरुलाई समेत थप समेट्दै अघि बढुन सुझाब दिइन ।
साधारणसभा कार्यक्रमलाइ शुभकामना मन्तव्य राख्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि देवी प्रसाद आचार्यले उपभोक्ता समीतीले लामो समयको संघर्ष पस्चात राम्रो काम गर्न सफल भएको र यसलाई दीगोपन दिन उपभोक्ता समिती गम्भीर भएर लाग्नु पर्ने बताए । पानी जिवन भएकाले उपभोक्ता समीतीले उपभोक्ताहरुलाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउन आचार्यले समीतीलाई सुझाब दिए ।
संस्थाको पाँचौं साधारण सभामा प्रगती प्रतिवेदन खानेपानी उपभोक्ता समितिका अध्यक्ष बालकुमार भण्डारीले प्रस्तुत गरेका थिए । संस्थाको आय व्यय प्रतिवेदन संस्थाका आन्तरीक लेखा समिति संयोजक भिम लक्काईले प्रस्तुत गरेका थिए । साधराणसभालाई खानेपानी महाँसंघका केन्दीय सदस्य सुर्य प्रसाद गुरागाई, संघिय खानेपानी क्षेत्रीय निदेशक माधब अधिकारी, मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष नवीन कार्की, संस्थाका पुर्व अध्यक्ष लालबहादुर बोहोरा लगायत राजनैतिकदलका प्रतिनीनहरु र संघ संस्था प्रतिनीधीहरुले शुभकामना मन्तव्य राखेका थिए । पाँचौ साधारण सभाले नयाँ कार्य समिती चयन गर्ने छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय