।। दमक ।। भाद्र १९।।
श्री गृहणी महिला बचत तथा ऋण सहकारी संस्था द्वारा दशौ वार्षिक साधारण सभा संम्पन्न गरेको छ।

साधारण सभा २०७८/भाद्र १९ गते शनिबारका दिन गायत्री विधापिठको सभाकक्षमा आयोजना गरिएको थियो।
आयोजित सभाको अध्यक्षता सोहि सहकारी कि अध्यक्ष बिमला के सीले गर्नु भएको थियो भने सभाको प्रमुख अतिथि वार्ड नंबर ६ का वार्ड अध्यक्ष टेक बहादुर थापा, विशिष्ठ अतिथि मेघ राज तिम्सिना र अतिथिहरु नरेन्द्र बराल र राजेन्द्र दाहाल हुनुन्थियो।

सभामा बिभिन्न विधामा सदस्यहरुलाइ सम्मान पनि गरिएको थियो।
जेष्ठ महिला सम्मान तर्फ : पदमादेवी सिवाकोटी र नरमाया गुरुङ
नियमित बचत तर्फ: सपना अधिकारि, कोपिला चाम्लिङ्ग र रन माया भुजेल
बाल बचत तर्फ: आध्या सिरोहिया र सेवेक्षा क्षेत्रि
दिर्घकालिन बचत तर्फ: लेउमति धिमाल, सिवा मैनाली र सरस्वति शाह
ऋण तर्फ: जुनु तिम्सिना, बेनिसा अधिकारि, रेखा शाह र कल्पना श्रेष्ठ
धितो ऋण तर्फ: सरला राइ, संगीता अधिकारि र रुकमणि कार्की
कर्मचारी: कल्पना बराल, ममता अधिकारि, मुना बराल र सविता बसनेत

एस इ इ मा उत्कृष्ट अंक लिएर आएका सफल बिधार्थीलाइ समेत सम्मान गरिएको थियो: सम्मान पाउने तर्फ: सिद्धार्थ मा वि का छात्र सुशान्त बराल, मोदर्लेण्ड मा वि का छात्रा खुसि अधिकारि र हिमालय मा वि का छात्र भबिन सापकोटा।

दशौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अन्तर्गत सम्पन्न हुने निर्वाचनमा निम्न महिलाहरु निर्बिरोध निर्वाचित भएका थिए।
रिता कुमारी बस्नेत श्रेष्ठ: अध्यक्ष
रिता कुमारी कार्की: उपाध्यक्ष
ज्ञान कुमारी शर्मा: सचिव
यसोदा आचार्य: कोषाध्यक्ष
उर्मिला चम्लागाई: सह-सचिव
मिठु धिमाल: सदस्य
पवित्रा अधिकारी: सदस्य
बिना अधिकारी: सदस्य
अनु ताजपुरिया: सदस्य
सीता बिष्ट: लेखा संयोजक
सीता चुडाल: सदस्य
सविना आचार्य: सदस्य

नवनिर्वाचित पदाधिकारीहरुलाई सम्पुर्ण उपस्थित सेयर सदस्यहरुले शुभकामना प्रदान गरेका थिए।






