झापाका विभिन्न ठाउँमा आइतबार आमाछोरासहित चार शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कन्काई नगरपालिकास्थित बिरिङ खोलामा ३८ वर्षीया उमा विक र उनका ३ वर्षीय छोरा शिशिरको शव फेला परेको थियो। प्रहरीका अनुसार शिशिरको शव कन्काई ६ स्थित बिरिङ खोलाको बगरमा घोप्टिएको अवस्थामा थियो।
त्यस्तै बिर्तामोडको पुरोना भद्रपुर रोडमा डेरा गरी बस्ने कचनकवलका भाद्रु राजवंशी मृत भेटिए। उनी अटो चालक हुन्।
त्यस्तै हल्दीबारी गाउँपालिका २ र भद्रपुर नगरपालिका ७ बीचको देउनिया खोलाको किनारमा भद्रपुर ७ बस्ने जीवन बानियाँको श्रीमती ३६ वर्षीया मेनुका बानियाँको शव फेला परेको छ। शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । यो घटनाको पनि प्रहरी अनुसन्धान सुरु गरेको जनाएको छ।






