jQuery(document).ready(function($){ //
});

सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्मानमा आज बिदाइ कार्यक्रम आयोजना गरियो। कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले महारथीको तीनवर्षे कार्यकाल पूरा गरी अवकाश हुन लाग्नुभएका थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेका हुन्।

बलियो कमाण्ड क्षमता र प्रखर वक्ताकारूपमा परिचित प्रधानसेनापति थापा ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी यही भदौ २४ गतेदेखि अवकाश प्राप्त गर्दैछन्। समारोहमा प्रधानसेनापति थापाले कायममुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेना र प्रधानसेनापतिको झण्डा एवं छडी हस्तान्तरण गरे।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सवल, सक्षम र सुदृढ सङ्गठनकारूपमा विकास गर्दै लैजाने सन्दर्भमा उनको दीर्घकालीन सोच, कार्ययोजना र दृढता केही हदसम्म सफल भएको छ।

निष्ठा, नैतिकता र सदाचारको बलियो जगमा सङ्गठनलाई उभ्याउन सामूहिक प्रयास र योगदान हुनुपर्छ भन्नेमा दृढ महारथी थापाले वैयक्तिक सुख-सुविधा, स्वास्थ्य र सुरक्षालाई बिर्सेर सीमानाका, प्रवेश बिन्दु र कोरोना नियन्त्रण प्रतिकार्यका विभिन्न मोर्चामा रही परिणाम देखिने गरी कार्य गर्न सकलदर्जालाई पटकपटक निर्देशन दिए।

रणनीतिक तथा दीर्घकालीन कार्ययोजना कार्यान्वयन अब्बल नतिजा हासिल गर्न सफल प्रधानसेनापति थापाकै नेतृत्वमा तीन जोड एक सैनिक कमाण्ड कार्यान्वयनमा गइसकेको छ। 

बिदाइ समारोहमा प्रधानसेनापति थापाले सङ्गठनभित्र अघि सारेको मार्गचित्रका कारण सामूहिक भावना र प्रयास अघि बढेको बताए। 

‘प्रतिरक्षा ऐन, सैनिक ऐनको मस्यौदा, अप्रेशन कमाण्ड, १६ वर्ष सेवापछि पेन्सन व्यवस्था, द्रूतमार्ग निर्माणजस्ता कार्यमा मेरो कार्यकालमा महत्वपूर्ण काम भएका छन्। रक्षामन्त्रालयका सचिव वेगेन्द्रराज पौडेलले गौरवमय इतिहास र परम्परा बोकेको नेपाली जनताको अगाधआस्था र विश्वासको केन्द्र बिन्दुका रूपमा रहेको सेनाको ४३औँ प्रधानसेनापति थापाले संगठनको गौरव र शिर उचो बनाउन सफल भएको बताए।

बिदाइ समारोहमा कामु प्रधानसेनापति शर्माले अग्रजले थालनी गरेका असल र महत्वपूर्ण कार्यलाइ उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘वचनअनुसारको कार्य गर्दै समय सीमाको कसीमा खरो उत्रिएर महारथी थापाले पद्धति र प्रणालीमार्फत् संठनलाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याए।’ तालिमलाई प्राथमिकतामा राखेर सङ्गठनलाई सामूहिक प्रयास र पारदर्शीका आधारमा अघि बढाइने छ।

बिदाइ समारोहमा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिका साथै सुरक्षा फौजका उच्चपदस्थ अधिकारी सहभागी थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय