jQuery(document).ready(function($){ //
});

शान्ति र शुद्धताको प्रतीक पनि मानिन्छ अगरबत्ती । हाम्रो धर्म र संस्कारमा अगरबत्तीको प्रयोग उल्लेखनीय रुपमा गरिन्छ । अगरबत्ती हजारौं वर्षदेखि प्रयोग गरिँदै आइएको छ । विशेष पूजाआजामा मात्र होइन, बिहान र बेलुका नियमितरुपमा अगरबत्ती सल्काउने  चलन नै हुन्छ । अगरबत्तीको सुगन्ध हामी सबैलाई राम्रो लाग्न सक्छ र त्यसले  मनलाई आनन्द दिन सक्छ । तर, के हामीलाई थाहा छ रु  अगरबत्तीको धूँवा चुरोटको धूँवाभन्दा खतरनाक हुन्छ।

अध्ययनकर्ताहरुका अनुसार अगरबत्ती बाल्दा त्यसको धूँवासँगै मसिना कणहरू निस्केर हावामा घोलिन्छन् ।सुगन्धित अगरबत्तीबाट विषालु कण निस्कन्छन् र शरीरका कोशिकालाई नोक्सानी गर्छन्। अध्ययनले साबित गरेअनुसार सुगन्धित अगरबत्तीमा तीनवटा विषालु तत्त्व हुन्छन्, म्युटाजेनिक, जीनोटक्सिक र साइटोटक्सिक । यिनले क्यान्सर गराउन सक्छन्  । 

RAWA Hills Town Property

RAWA Hills Town Property

अगरबत्तीको धुप बाल्दा निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने खतरा बढ्दछ,’शोधको निष्कर्षमा भनिएको छ । शोधकर्ताहरुले अगरबत्तीको धुपमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धुँवाबाट शरीरमा जलन हुने र क्यान्सरसम्म हुनसक्ने बताएका छन् । अगरबत्तीबाट निस्कने धूँवाबाट शरीरमा भएको जीन परिवर्तित हुन्छ र यो नै क्यान्सर अनि फोक्सोसँग जोडिएको रोगको पहिलो चरण हो । आनुवंशिक परिवर्तनले डीएनएमा पनि परिवर्तन ल्याउँछ र यो नराम्रो संकेत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय