jQuery(document).ready(function($){ //
});

झापा हल्दिवारी –१ गोल्धापका प्रकाश दाहाल ‘दाह्री भाई’ भदौ १९ गते देखि सम्पर्कबिहीन भएका छन् ।

रंगमञ्चका कलाकार दाहाल दमक स्थित कदम थियटरमा काम गर्दै बसेका थिए । उनी केहि समयदेखि सोही थियटरमा अभिनय कला सिकाउदै आएका थिए । उनका बुबा आमा ओम मेची अस्पताल अगाडि होटल सञ्चालन गर्दै बसेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

दाहाल बुबाआमासँग नबसी थियटर मै बस्दै आएका थिए । १२:१५ बजे राती उनको साथीहरुले उनलाई बोलाउदा नदेखपछि परिवारलाई खबर गरेका थिए । साथीहरुले दिएको जानकारी अनुसार प्रकाश खालि खुट्टा, हापेन्ट मात्र लगाई हिडेका छन् । उनको खोजीका लागि दमक प्रहरीमा परिवार र साथीहरू मिलेर निवेदन दिएको छ साथै कदम थियटरले समेत विज्ञप्ति जारी गर्दै रङ्गकर्मि दाहालको खोजी कार्यलाई सहयोग गर्दिनुहुन आव्हान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय