jQuery(document).ready(function($){ //
});

महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन दर खाने चलन रहेको छ । तर, आज भोलि दर खाने दिन भन्दा पहिले देखि नै महिलाहरु दर खाने,साथीसँग रमाइलो गर्ने गर्दछन । भाद्र कृष्ण तृतीयाको दिन मनाइने तीजको दिन महिलाहरू पानी पनि नपिई व्रत बस्ने गर्छन् । त्यसैको ठीक एक दिनअघि दरको नाममा शरीर अस्वस्थ हुने गरी धेरै चिल्लो र पिरो खाने चलन छ । तर त्यसरी असन्तुलित र कम पौष्टिक खाना खान नहुने पोषणविद्हरूको मत छ ।

दर खाँदा ध्यान दिनुपर्ने कुराहरु 

RAWA Hills Town Property

RAWA Hills Town Property

-लिवर, डाइबेटिज, चिनी लगायत विभिन्न रोग लागेका र निरोगीहरुले पनि खानै नहुने कुरा भनेको धेरै चिल्लो पिरो, फ्राइ गरेको खानेकुरा, विषेशगरी रातो मासु खानु स्वास्थ्यका हिसाबले राम्रो होइन।

-रक्सी, चुरोट आदिको सेवन गर्नु हुँदैन। दम रोग लागेकाले धेरै चिसो खान हुँदैन, डाइवेटिज भएकाले गुलियो, हाइवोटेन्सन भएकाले भुटेको फ्राइ गरेको अमल चिज बाहेक खानु हुँदैन। धेरैले तीजको समयमा विभिन्न भोज भतेरमा बस्ने, पानी कम खाने, गर्दछन् जसले गर्दा झाडापखाला लाग्न सक्छ।

 -दर खाने भनेको महिलाहरुको जमघट गराउने एउटा माहोल हो। त्यसैले यस्तो संस्कारलाई स्वास्थ्यका हिसाबले पनि हेर्न आवश्यक हुन्छ। हाम्रै करेसाबारीमा उत्पादित घरमै बनाएको सामान्य नेपाली खाना नै दर हो भन्ने मान्यता हामीले लिनु पर्दछ।

-आजकाल पारम्परिक खानेकुराभन्दा पनि बाहिरी संस्कृतिसँग जोडिएका खानेकुरा प्राथमिकतामा पर्दै आएका छन्। त्यस्ता खाने कुराको गुणस्तरमा विश्वसनीयता हुँदैन त्यसैले स्वास्थ्यमा समस्या देखिन सक्छ।

-तडक भडकका रुपमा मसलेदार खानेकुरा सेवन गर्दा शरीरले नै नसहने गम्भीर समस्याहरू पनि आउन सक्छन् । सहरी क्षेत्रमा बसोबास गर्ने -मानिसहरुमा शारीरिक परिश्रम पनि नहुने हुँदा मसलेदार खानाले पाचनक्रियामा समस्या निम्तिन्न सक्दछ ।

-माछा मासुभन्दा भन्दा पनि फलफुलमा आएमा राम्रो हुन्छ । चाडबाडमा देखिने ठूलो समस्या भनेको चिल्लो, पिरो तथा माछामासु बढी खाने गरिन्छ। तर यो बानी हटाउनुपर्छ। थोरै–थोरै गरेर पटक–पटक खानु राम्रो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय