बलिउडका चर्चित गायक उदित नारायण झाले नेल्सन मण्डेला नोबल पिस अवार्ड २०२१ प्राप्त गरेका छन। उनलाई हालै भारतको अहमदाबादमा आयोजित एक समारोहका बीच उक्त पुरस्कार प्रदान गरिएको थियो। उनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिईएको थियो।
नेपालको सप्तरी जिल्ला स्थित भारदहमा घर भएका कलाकार उदित नारायण झाले रेडियो नेपालबाट सांगीतिक यात्रा सुरु गरेका थिए। वरिष्ठ गायक झाले नेपालमा कयौं गीत गाएर चर्चित भैसकेपछी भारतको मुम्बईमा छात्रबृत्ति पाएर संगीत सम्बन्धि विषय अध्ययनका लागि जाने अवसर पाएका थिए। त्यसपछि उनले भारतीय चलचित्र जगतमा गायन यात्रा सुरु गरेर प्रशिध्द गायक बनेका थिए।
भारतमा गायनका क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान बनाउनुका साथै विभिन्न महत्वपूर्ण पुरस्कारहरु प्राप्त गरिसकेका छन। उनले ५ पटक फ्लिम फेयर अवार्डका साथै ४ पटक भारतीय राष्ट्रिय अवार्ड पाईसकेका छन।






