दमक/ नेपाली कांग्रेसको हुन गईरहेको १४ औं महाअधिवेशनमा, यस दमक नगर अधिवेशनको निर्वाचनमा नगर सभापतिको लागी प्रकाश प्रसाईंले उम्मेद्वारी घोषणा गरेका छन् । प्रसाईं वर्तमान दमक नगर सचिव हुन् भने दमक उद्योग बाणिज्य संघमा लामो कार्यकाल काम गरेका ब्यवसायी पनि हुन् । उनले लामो समयदेखि नै काँग्रेस सभापतिको तयारी गर्दै आएका थिए ।
प्रसाई नेतृत्वको समूहले उपसभापतिमा युवराज (सागर) खनाल र मीना कोइराला , सचिवमा नवराज ढकाल, दिनेश अग्रवाल,सहसचिवमा नवराज न्यौपाने र मणि लिम्बूलाई अघि सारेको छ। विद्यार्थी तथा युवा संगठनमा अनुभव लिएका युवाहरुको टिमलाई उनले अघि सारेकाछन् ।
दमकमा काँग्रेसलाई हरेक क्षेत्रमा एक नम्बर बनाउने दायित्व हामीमा छ र त्यो दायित्व पुरा गर्छौ भन्दै उनले धेरै भन्दा धेरै मत दिएर जिताउन समेत अनुरोध गरेका छन् ।






