कोरोनाको महामारी झेलिरहेको समयमा फेरी अर्को भाइरस चर्चा सुरु भइसकेको छ । भारतको केरला राज्यमा देखा परेको निपाह नामक भाइरस नेपालमा पनि आउन सक्ने सम्भावना रहेको हुनाले स्वास्थ्य मन्त्रालयले सर्तक हुन आवहन गरेको छ । कोरोना महामारीकै बीचमा नयाँ भाइरस देखिनु थप चिन्ताजनक हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।
के हो निपाह भाइरस ?
निपाह भाइरस पशुबाट मानिसमा सर्न र मानिसबाट मानिसमा नै सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यस भाइरस प्राकृतिक रुपमा ‘फ्रुट ब्याट’ भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।
निपाह भाइरस कसरी सर्छ ?
संक्रमित चमेरोबाट सुँगुर, गाई गोरु जस्ता जनावर हुँदै मानिसमा संक्रमित पशुको संसर्गमा आएमा यो रोग सर्छ । यसैगरी चमेरोले जुठो हालेको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत दिशा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि यो भाइरस सजिलै सर्ने गर्छ ।
लक्षणहरु
–ज्वरो आउने
–टाउको दुख्ने
–रिंगटा लाग्ने
–मांसपेशी दुख्ने
–वाकवाकी लाग्ने
–श्वासप्रश्वासमा समस्या हुने
बच्ने उपायहरु
– फलफूल राम्रोसँग पखालेर मात्रै खाने
–तरकारी सकेसम्म पकाएर खाने
–गाइवस्तुको गोठ र फार्म सफा राख्ने
–मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने
–सकेसम्म पानी उमालेर खाने
–बेलाबेलामा साबुनपानीले हात धुने






