jQuery(document).ready(function($){ //
});

झापामा एक जना प्रहरीको पोखरीमा डुवेर मृत्यु भएको छ । पोखरीमा नुहाउन पसेका प्रहरी जवान सरोज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कचनकवल–१ मा अवध राजवंशी सहित ८ जनाको लगानीमा निर्माण गरेको पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो । धनकुटा पाख्रीबास १४ घर भई प्रहरी चौकी पिन्डलबारीमा कार्यरत गिरी एरीया गस्ति गरी फर्कने क्रममा चौकी नजिकै रहेको पोखरीमा नुहाउन पसेका थिए । सोही पोखरीमा डुवेर उनको मृत्यु भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पोखरीमा डुबेपछि पिन्डलबारीबाट प्रहरी टोली खटिएको थियो । उद्धार लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले ११ः४५ बजे मृत अबस्थामा फेला पारेको थियो । गिरीको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय