झापा क्षेत्र न. ५ (ख) बाट प्रदेश १ को प्रतिनिधि सभा पदमा द्रोण कुमार बरालले उमेद्धारी दिनु भएको छ।
नेपाली काङ्ग्रेसको १४ औं महाअधिवेशन चलिरहदा अब हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा सम्पुर्ण प्रदेश (ख) क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिज्युहरूमा अमुल्य मत प्रधान गरी विजय गराई दिनु हुन अनुरोध समेत गर्नु भएको छ।
दमक–६ निवासी द्रोण कुमार बरालले पार्टीमा निम्न किसिमका सहभागिता जनाउनु भएको जिकिर गर्नु भयो:
- २०४६ साल देखी सकृय रहदै २०४८ मा कृयाशिल सदस्यता प्राप्त
- २०४८ सालमा दमक वडा न. ११ र १० को बुथ सह-सचिव
- २०५३ सालमा वडासचिव भई कार्यसम्पादन गरेको
- २०५४ मा वडा न.११ को वडा-सदस्य निर्वाचित भई कार्यकाल
- २०५८ सालमा संयुक्त नगर सचिव भई कार्य सन्चालन गरेको
- २०६७ सालमा तत्कालिन क्षेत्र नं. ७ को क्षेत्रिय कोषाध्यक्ष पुरा गरेको
- १४ औ माहाअधिवेशनको लागि दमक ६ वाट सर्वसम्वत क्षेत्रिय प्रतिनिधि
साथै उहाले सम्पुर्ण कार्यकर्ता साथीहरूको सहयोग सद्भाव र अमूल्य मतको अपेक्षा समेत रहेको बताउनु भयो।






