jQuery(document).ready(function($){ //
});

हल्दिवारी १ का १७ वर्षीय राज अधिकारी एक दिनका लागि वडाध्यक्ष बनेका छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालकलाई बाल दिवसको दिन जिम्मेवारी दिएको वडाकार्यलयले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

मंगलबार अध्यक्ष त्रिलोचन सापकोटाले अधिकारीलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए । नियुक्त भएका अध्यक्ष अधिकारी सहित बालक्लबको टोलिले स्थानीय गरमकाली आधारभूत र चिल्ड्रेन गार्डेन बिद्यालयको अनुगमन निरीक्षण गरिएको क्लबका कोषाध्यक्ष भुमिका कार्कीले बताइन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले नमूना कार्यक्रमको प्रशंसा गरेका थिए।कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय