jQuery(document).ready(function($){ //
});

गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। उनी अहिले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यस्तै गुल्मिका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ। त्यस्तै पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ। 

कोषहरि निरौला मन्त्रालय तानिएका छन् भने दिपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय