jQuery(document).ready(function($){ //
});

सत्तापक्ष र प्रतिपक्षले उनीहरूका लुछाचुँडी, अकर्मण्यता र अदूरदर्शिताको कारणले देशलाई  इतिहासमै पहिलो पटक बजेट विहिन अवस्थामा बन्धक बनाएकोप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाउँदै घोर निन्दा एवं भर्त्सना गरेको छ । भदौ ३० गते पारित गरिसक्नुपर्ने भए तापनि तथाकथित सत्तापक्ष र प्रतिपक्षको लुछाचुँडी र गैरजिम्मेवारीको कारण विनियोजन बजेट २०७८ पारित हुन नसकी विकास निर्माण, स्वास्थ्यसेवा, सामाजिक सुरक्षा र कूटनीतिक नियोगहरू ठप्प हुने अवस्थाले कपूतन्त्रे पार्टीहरू देशको जिम्मेवारी सम्हाल्न पूर्ण अक्षम रहेको प्रमाणित भएको मौलिक जरोकिलो पार्टीको निष्कर्ष रहेको छ  ।

जनताको सेवा सुविधा, विकास निर्माण तथा अन्तरराष्ट्रिय सम्बन्ध जस्ता संवेदनशील विषयमा सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनुपर्नेमा संसदलाई नै अनिर्णयको बन्दी बनाएर आफूलाई समाजवादी भन्ने नेपाली कांग्रेस र कम्युनिस्टका घटकहरूले मुलुकलाई असफल राज्य बनाउने दुस्प्रयासमा लागेको पार्टीको ठहर छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

” संसदभित्र तोडफोड, हुलहुज्जत र माननीय भनौदाहरूको घिनलाग्दो गतिविधि देखेर आम नेपाली जनता दिक्क भइसके । कपूतन्त्रे घटकहरूको यस्तो गतिविधिलाई कमिलाको काल आउँदा पखेटा पलाएको जस्तो गरी लिएका छौं । ” मौलिक जरोकिलो पार्टीका अध्यक्ष सुशील गौतमले बताउनुभयो ।

विगत ७० वर्षदेखि सत्तावृत्तमा रहेका पात्र, प्रवृत्ति र प्रणालीको कारण जनतामा चरम नैराश्यता बढेको छ । एक व्यक्तिको ठाउँ अर्को व्यक्ति वा एक दलको ठाउँमा  अर्को दल आउँदैमा नेपालमा थुप्रिएको समस्याहरूको समाधान नहुने हुँदा मौलिक जरोकिलो पार्टीले लिएको कपूतन्त्रको समूल अन्त्य गर्दै पूर्ण प्रतिमान परिवर्तनको दिशा नै एकमात्र समाधान हो भन्ने कुरामा झनै प्रमाणित हुँदै गएको पार्टीले ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय