विराटनगर महानगरपालिका ७ कोशी अस्पताल परिसरमा पहिचान नखुलेको अन्दाजी बर्ष ३५–४० उमेर समूहका एकजना पुरुष मानिस मृत अवस्थामा फेला परेका छन् ।
अस्पताल परिसरमै मृत फेला परेका व्यक्तिको पहिचान नखोलिए पछि प्रहरीले तस्वीरसहित सूचना सार्वजानिक गरेर आफन्तको खोजी सुरु गरेको छ । मृतक व्यक्तिको शव कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।






