jQuery(document).ready(function($){ //
});

कोरोना संक्रमणदर र मृत्युदरमा कमी आएसँगै झापा जिल्लामा जारी निषेधाज्ञा करिब अन्त्य गरिएको छ । गत वैशाख २२ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई बिस्तारै बिस्तारै खुकुलो बनाउँदै आएको कोभिड व्यवस्थापन समिति (डीसीएमसी )ले ,आजको बैठकबाट जिल्लामा निषेधाज्ञा करिब अन्त्य गर्ने निष्कर्षमा पुगेको हो ।

आज जिल्ला प्रशासन कार्यालय झापा बसेको डीसीएमसी बैठकले असोज १० गतेसम्म निषेधाज्ञालाई कायम राख्दै मेला, जात्रा र महोत्सव जस्ता भिडभाडजन्य सञ्चालन गर्न नपाउनेमा मात्र रोक लगाउने निर्णय गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अन्य गतिविधिको हकमा सबै खुलाउने निर्णय गरेको छ । खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ, कपडा, हार्डवेयर लगायतका अन्य सबै प्रकारका पसलहरू बेलुका ८ बजेसम्म खुला गर्न पाउने निर्णय गरेको छ । होटेल, रेस्टुरेन्ट, खाजाघरहरु बेलुका ६ देखि बेलुका ९ बजेसम्म खुला गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

बैठकले कोभिडले लामो समयदेखि बन्द रहेका सिनेमा हलहरू अल्टरनेट सिट खाली राखेर सञ्चालन गर्न पाउने, हाट बजार बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाउने, पार्टी प्यालेसहरूले तोकिएको क्षमता भन्दा ५० प्रतिशतसम्म मान्छे भेला गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाउने, शैक्षिक संस्था विद्यालयले भौतिक रुपमा पठनपाठन सञ्चालन गर्दा स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसमा स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी सञ्चालन गर्न पाउने, मेची बहुमुखी क्याम्पस सञ्चालन गर्ने र काँकडभिट्टा नाकाबाहेक अन्य सबै नाका बन्द राख्ने निर्णय गरेको छ ।

संक्रमणदर थपघट भएमा जुनसुकै बेला पुनरावलोकन गर्न सकिने निर्णय समेत गरिएको छ । संक्रमणदर शून्यको अवस्थामा आएमा आउँदो बैठकमा पूर्ण रुपमा निषेधाज्ञा हटाउने सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय