jQuery(document).ready(function($){ //
});

सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएकाे हाे । सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ । देशभरका ३९ स्थानमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट बिक्री हुने मोटा र मसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी र फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय